मनसुन प्रणाली आजबाट थप सक्रिय हुँदै छ । मनसुन प्रणाली थप सक्रिय हुँदा वर्षा पनि धेरै हुनेछ । ५ गतेसम्म मनसुन थप सक्रिय हुनेछ । आज भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ । दिउँसोभन्दा राति धेरै वर्षाको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।