आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम

देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम

नागरिक पाटी

२, श्रावण २०८३
  • 470
    SHARES
  • देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम

    बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २५ जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

    images

    महाशाखाले आज बिहान आठ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रका साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

    यसैगरी मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स(साना नदीहरूमा पनि आकस्मिक बाढी अर्थात् ‘फ्ल्यास फ्लड’ को मध्यम जोखिम रहने महाशाखाको प्रक्षेपण छ।

    मुख्य र ठूला नदीहरूको अवस्था भने हाल सामान्य छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित तहभित्रै रहेको बुलेटिनमा उल्लेख छ।

    महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ। जस अनुसार भोलि र पर्सी कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ। ती क्षेत्रका तटीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    1_mriTkENdc3.jpg
    undefined

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २, २०८३ शनिवार - १२:३२:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology