आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नीलकण्ठको तल्लो भुलभुलेमा पहिरो, चार परिवार विस्थापित

नीलकण्ठको तल्लो भुलभुलेमा पहिरो, चार परिवार विस्थापित

नागरिक पाटी

६, श्रावण २०८३
  • 379
    SHARES
  • नीलकण्ठको तल्लो भुलभुलेमा पहिरो, चार परिवार विस्थापित

    धादिङको नीलकण्ठ नगरपालिका–२ स्थित तल्लो भुलभुलेमा गएको पहिरोका कारण चार घर विस्थापित भएका छन्। घरमाथिबाट लगातार पहिरो खस्न थालेपछि दिलबहादुर गुरुङ, गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङका परिवार सुरक्षित स्थानमा सरेका छन्। यी चार घरसहित ४६ परिवार पहिरोको उच्च जोखिममा रहेको जनाइएको छ। पहिरोले दिलबहादुर गुरुङको घर पूर्ण रूपमा क्षति पु¥याएको छ।

    images

    751784287_1501971135306627_5275156896190909873_n.jpg

    पहिरोका कारण धादिङबेसीमा खानेपानी आपूर्ति गर्ने मुख्य पाइपलाइन फुटेपछि सदरमुकामका करिब दुई हजार पाँच सय घरधुरीमा खानेपानी सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै, करिब दुई सय रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने प्रदेश सरकार र नीलकण्ठ नगरपालिकाको साझेदारीमा निर्माण गरिएको करिब ६ सय घनमिटर क्षमताको ग्याबिन पर्खाल पनि पहिरोले भत्काएको छ। यसबाट करिब ६५ लाख रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ।

    घटनास्थलको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना, उपप्रमुख दीपक विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय तथा नीलकण्ठ खानेपानी तथा स्वच्छता व्यवस्थापन बोर्डका अध्यक्ष शिव अधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ। टोलीले खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी सेवा पुनः सञ्चालन गर्ने र जोखिममा रहेका बस्तीको संरक्षणका लागि आवश्यक पहल गर्ने जनाएको छ।

    हाल पाइपलाइन मर्मतको काम जारी रहेको र आज साँझसम्म पाँचमध्ये केही लाइन सञ्चालनमा ल्याई धादिङबेसीमा आंशिक रूपमा खानेपानी आपूर्ति पुनः सुरु गरिने नीलकण्ठ खानेपानी तथा स्वच्छता व्यवस्थापन बोर्डले जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०८३ बुधवार - १२:५०:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology