नेकपा (एमाले) ले संविधान संशोधनका लागि सुझाव सङ्कलन र प्रस्ताव तयारीको कामलाई तीव्र बनाएको छ।
पार्टीको संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत गठित उपसमितिको बैठकले संविधान कार्यान्वयनका अनुभव, उपलब्धि र देखिएका चुनौतीहरूको समीक्षा गर्दै संशोधन आवश्यक विषयमा गहन अध्ययन गर्ने निर्णय गरेको हो।
बैठकले राजनीतिक दल, संवैधानिक निकाय, विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र र नागरिक समाजलगायत सरोकारवालाबाट सुझाव सङ्कलन गर्ने कार्ययोजना पनि तय गरेको छ।
प्राप्त सुझावलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गरिने उपसमितिका सदस्य सचिव महेश बर्तौलाले जानकारी दिएका छन्।
एमालेले संविधानलाई समयानुकूल, प्रभावकारी र जनअपेक्षाअनुकूल बनाउन यो प्रक्रिया अघि बढाइएको जनाएको छ।