आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वरिष्ठ पत्रकार गुरागाईं र श्रेष्ठ पुरस्कृत

वरिष्ठ पत्रकार गुरागाईं र श्रेष्ठ पुरस्कृत

नागरिक पाटी

७, श्रावण २०८३
  • 414
    SHARES
  • वरिष्ठ पत्रकार गुरागाईं र श्रेष्ठ पुरस्कृत

    काठमाडौं । वरिष्ठ पत्रकार गोपाल गुरागाईं र वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ पुरस्कृत भएका छन् । समाजवादी प्रेस संगठन, नेपालले गुरागाईं र श्रेष्ठलाई सम्मान गरेको हो ।

    images

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार राजधानीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा गुरागाईं र श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गरे ।

    गुरागाईंलाई ‘प्रदीप नेपाल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको हो । त्यस्तै, ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’बाट श्रेष्ठलाई पुरस्कृत गरिएको हो । ‘प्रदीप नेपाल पत्रकारिता पुरस्कार’ नगद ५० हजार र ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’ नगर २५ हजारको छ । पत्रकार गुरागाई २०३६ सालदेखि पत्रकारितामा सक्रिय छन् भने श्रेष्ठ ४० वर्षदेखि निरन्तर फोटो पत्रकारितामा सक्रिय छन् ।

    पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री नेपालले परिवर्तनको हरेक आन्दोलनमा पत्रकारले खेलेको भूमिकाको चर्चा गरे । उनले पत्रकार समाजको ऐना भएको उल्लेख गर्दै निर्भिकताको साथ अगाडि बढ्न आग्रह गरे ।

    समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारको हकहितमा संगठन केन्द्रित रहेको र नयाँ परिस्थितिमा अझ परिस्कृत भएर अगाडि बढ्ने प्रतिवद्धता जनाए । अग्रज पत्रकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको उनले बताए ।

    पुरस्कृत पत्रकार गुरागाईंले विगतका कठिन दिनहरू स्मरण गर्दै संगठनले सम्झिएकोमा धन्यवाद दिए । कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा प्रवक्ता प्रकाश ज्वाला, प्रेस सेन्टरका अध्यक्ष कमल गिरीलगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १९:३१:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology