शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुख्यमन्त्री बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने

मुख्यमन्त्री बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने

नागरिक पाटी

१, भाद्र २०८३
  • 939
    SHARES
  • मुख्यमन्त्री बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्। सचिवालयले सोहीअनुसार बैठकसम्बन्धी सूचनासमेत जारी गरिसकेको छ।

    images
    images

    प्रदेश सभाको जारी दोस्रो कार्यकालको ३ वर्ष ९ महिनाको अवधिमा मुख्यमन्त्रीले छैटौँ पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि विभिन्न समयमा मुख्यमन्त्रीहरूले ५ पटक विश्वासको मत लिइसकेका छन्।

    विसं २०८२ साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले साउन २७ गते संसद्‌बाट विश्वासको मत लिएका थिए। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट सरकार बनाएका उनी सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका हुन्। अल्पमतमा परेपछि उनले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - ०७:३३:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology