शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङको दोस्रो गाउँ शिक्षा सम्मेलन ब्रोम्दिङमा हुँदै

बेनीघाट रोराङको दोस्रो गाउँ शिक्षा सम्मेलन ब्रोम्दिङमा हुँदै

नागरिक पाटी

२, भाद्र २०८३
  • 2.1K
    SHARES
  • बेनीघाट रोराङको दोस्रो गाउँ शिक्षा सम्मेलन ब्रोम्दिङमा हुँदै

    धादिङको बेनीघाट रोराङ गाउँपालिकाले दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माणका लागि भदौ ५ र ६ गते वडा नम्बर १ स्थित ब्रोम्दिङ डाँडामा दोस्रो गाउँ शिक्षा सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनमा आगामी पाँच वर्षको शिक्षा क्षेत्रको योजना, प्राथमिकता र सुधारका विषयमा छलफल गरिनेछ। विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, शिक्षकको क्षमता विकास तथा विद्यालयका भौतिक र शैक्षिक पूर्वाधार सुधारलगायत विषयमा सहभागीबीच सुझाव आदानप्रदान हुनेछ।

    images
    images

    गाउँपालिकाका शिक्षा अधिकृत सन्तोष पौडेलका अनुसार शिक्षा योजना निर्माणसँगै ब्रोम्दिङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन स्थलका रूपमा ब्रोम्दिङ छनोट गरिएको हो। सम्मेलनमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ।

    सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा बेनीघाट रोराङ गाउँपालिकाको दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माण गरिनेछ।

    झण्डै २१ सय मिटर उचाइमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल र मनास्लुलगायत हिमश्रृङ्खला देख्न सकिन्छ। तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनका साथै प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय सम्भावना बोकेको क्षेत्र मानिन्छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८३ मंगलवार - ०७:३०:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology