बडादसैँको सातौँ दिन शनिबार धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ जिवनपुरस्थित कोटकालिकाबाट फूलपाती काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ। शुभसाइतअनुसार विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित बिदाइ गरिएको हो।
हनुमान ढोका दरबारका पुजारी र नेपाली सेनालाई सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । जिवनपुरबाट पठाइएको फूलपाती हनुमानढोकामा हर्षबढाइँसहित भित्र्याउने परम्परा छ।