आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निर्माता छविराज र नायिका शिल्पा विरुद्ध पक्राउ पूर्जी जारी

निर्माता छविराज र नायिका शिल्पा विरुद्ध पक्राउ पूर्जी जारी

  • 4.3K
    SHARES
  • काठमाण्डौ । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएको हो । हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता छविराज ओझा र नायिका पोखरेलले बहुविवाह गरेकाले दुवैलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेकी थिइन् । हेमा ओझाले महानगरीय प्रहरी परिसर गौशालामा उजुरी गरेकी थिइन् । महिलासम्बन्धी मुद्धा महिला प्रहरी सेल कालिमाटीले हेर्ने भएकाले पक्राउ पूर्जी पनि त्यहीँबाट काटिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । २०७६ साउन ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १४:२०:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology