आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डलर सटहीको प्रलोभनमा ११ लाख ७५ हजार ठगी, धुनिवेशीबाट एक जना पक्राउ

डलर सटहीको प्रलोभनमा ११ लाख ७५ हजार ठगी, धुनिवेशीबाट एक जना पक्राउ

नागरिक पाटी

२८, आषाढ २०८३
  • 3.2K
    SHARES
  • डलर सटहीको प्रलोभनमा ११ लाख ७५ हजार ठगी, धुनिवेशीबाट एक जना पक्राउ

    धादिङ । धादिङको धुनीबेंशीमा ६५ हजार अमेरिकी डलर सटही गरिदिने प्रलोभन देखाएर एक वृद्ध व्यवसायीबाट ११ लाख ७५ हजार रुपैयाँ नगद र सुनका गहना ठगी गर्ने आरोपमा एक जना पक्राउ परेका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ३७ वर्षीय बुद्धिबहादुर योञ्जन रहेका छन्। उनलाई धुनीबेंशी–९ झ्याप्लेखोला क्षेत्रबाट पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार पोखराका ६९ वर्षीय सुनचाँदी व्यवसायी थमानसिंह विश्वकर्मालाई डलर सटही गर्दा ठूलो फाइदा हुने भन्दै बोलाएर नगद ११ लाख ७५ हजार रुपैयाँ र सुनका गहना लिई डलरको सट्टा खाली कागजको बन्डल थमाइएको थियो।

    घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका योञ्जनविरुद्ध ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०८३ आइतवार - २२:०१:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology