आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अपर मैलुङ आयोजनाको काम अझै सम्पन्न भएन, सम्पन्न हुन १ वर्ष लाग्ने

अपर मैलुङ आयोजनाको काम अझै सम्पन्न भएन, सम्पन्न हुन १ वर्ष लाग्ने

  • 5.5K
    SHARES
  • सोमदाङ । धादिङ र रसुवाको सिमानाबाट बग्ने मैलुङ खोलामा अपर मैलुङ ए जलविद्युत आयोजना निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । अब निर्माण सम्पन्न गर्न अझै एक वर्ष लाग्ने जलविद्युत आयोजनाका सब ओभरसियर रेशम बोहोराले बताए । ड्याम र टनेल निर्माण लगायतको धेरै काम सकिसकेको उनको भनाई छ । आयोजनामा लामा बिल्डर्स र टक्सरले संयुक्त रुपमा काम गरिरहेका छन् । ६.४२ मेगावाट आयोजनाको प्रारम्भिक लागत ९५ करोड रुपैयाँ अनुमान गरिए पनि मुल्य वृद्धि र केही समय ढिलाइका कारण लागत निकै बढेको सब ओभरसियर बोहोरा बताउँछन् । निर्माण सम्पन्न गर्न अझै ७/८ करोड रुपैँया खर्च हुने बोहोराको भनाई छ । निर्माणको काम सुरु गरेको अठार महिनामा आयोजना सम्पन्न गर्ने गरी २०६९ चैत ३१ बाट सुरु भएको अपर मैलुङको निर्माण कार्य चिसोको कारण वर्षको ४ महिना काम नै हुन नसक्ने आयोजनाले जनाएको छ ।
    २०७६ साउन १९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - ००:०९:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology