काठमाडौं । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको काम दु्रत गतिमा भइरहेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत निर्माण पूर्वका सम्पूर्ण तयारी पूरा गरी गत चैतबाट निर्माण सुरु भएको आयोजनाको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।
अहिले सम्म आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये ७२४ मिटर खनिएको छ । मुख्य सुरुङ चार ठाउँबाट खन्ने काम भइरहेको त्रिशूली जलविद्युत कम्पनीका प्रवन्ध-संचालक मोहनप्रसाद गौतमले बताए । ३ वर्ष निर्माण अवधि रहेको आयोजनाको २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको उहाँको भनाई छ ।
२०७६ साउन २३ गते प्रकाशित