आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चोरिएको नयाँ बाइक चितवनमा २० मिनेटमै खोलखाल पारि फिटिङ

चोरिएको नयाँ बाइक चितवनमा २० मिनेटमै खोलखाल पारि फिटिङ

  • 5.4K
    SHARES
  • काठमाडौं । उपत्यकाबाट हरेक दिनजसो मोटरसाइकल हराइरहेका खबर आइरहन्छन्। यसरी हराउने अधिकांश मोटरसाइकल पछिल्लो ‘लट’कै हुन्छन्। हराएका मोटरसाइकल मध्ये निकै थोरै मात्र भेटिन्छन्। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको पछिल्लो आर्थिक वर्षको तथ्यांकअनुसार सवारी साधन चोरी सम्बन्धी केवल ५१ वटा मुद्धा मात्र दर्ता भएका थिए। उसो भए बाँकी मोटरसाइकल किन भेटिदैनन् ? कहाँ पुग्छन् ती मोटरसाइकल ? महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको पछिल्लो अनुसन्धानले मोटरसाइकल पुग्ने प्रमुख ठाउँमध्ये रिकन्डिसन सेन्टर र पार्टस पसल पनि रहेको बताउँछ । चितवनको रत्ननगर नगरपालिका १३, जयमंगलामा न्यु मनकामना रिकन्डिसन छ। चितवनकै जगतपुरमा मोटरसाइकलका पार्टसहरु बेच्ने ठुलो पसल छ, सँगै ११ जना मेकानिक्स काम गर्छन्। अनुसन्धानमा खटिएका प्रहरी अधिकृत बजाजको कुनै एक सोरुम बराबर निकै भव्य रहेको तर यो सबै नयाँ सामान मात्र बेच्ने ठाउँ भने नरहेको बताउँछन् । उनका अनुसार एकपटक प्रयोग भइसकेका सामान पनि नयाँ जस्तै बनाएर राखिएको हुन्छ । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोली हराएका बाइकको खोजी गर्दै जानेक्रममा चितवनका यी पार्टस पसल र रिकन्डिसन सेन्टर पुगेको हो । दुवैका मालिक स्थानीय दीपु भन्ने दीपेन्द्रकुमार श्रेष्ठ हुन् । रिकन्डिसन हाउस र पार्टस पसल दुवै भएकाले प्रहरीले पटकपटक आशंका गरेपनि श्रेष्ठलाई नियन्त्रणमा लिन सकेको थिएन। महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले तीन साताअघि मिलन भन्ने धनबहादुर योन्जनसहित तीन जनालाई चितवनबाट पक्राउ गरि काठमाडौं ल्यायो। ललितपुरबाट हराएका दुई वटा मोटरसाइकलसहित उनिहरु पक्राउ परेका थिए। मकवानपुर स्थायी घर भएका मिलनले चितवनमा बसेर चोरीका बाइक रिसिभ गर्ने र त्यहाँबाट विभिन्न ठाउँमा पुर्‍याउने गरेको प्रहरीको दावी छ। उनै मिलनले बयानमा पोलेपछि चितवनमा मोटरसाइकल रिकन्डिसन र पार्टस पसलमा नामुद दीपु पक्राउ परेका छन्। अपराध महाशाखा र ट्राफिक महाशाखाको संयुक्त टोलीले उनलाई नवलपुरबाट पक्राउ गरेको हो। प्रहरीको दावीअनुसार दीपुले पुराना मोटरसाइकल र चोरी भएका नयाँ मोटरसाइकल दुवै किन्ने गरेका थिए। २०७६ साउन २७ गते प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - ०४:३७:४२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology