आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि ६ जनाको नाम ‘शर्ट लिस्ट’

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि ६ जनाको नाम ‘शर्ट लिस्ट’

  • 7.4K
    SHARES
  • काठमाण्डौ । भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि ६ जनाको नाम प्रारम्भिक चयनको ‘शर्ट लिस्ट’ मा सार्वजनिक भएको छ । प्रारम्भिक चयनमा परेकाहरु मध्ये वर्तमान प्रशिक्षक रवि शास्त्रीको नाम पनि सामेल छ। त्यस बाहेक न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हसन, अस्ट्रेलियाका पूर्व खेलाडी तथा श्रीलंकाका प्रशिक्ष टम मूडी, वेस्ट इण्डिजका पूर्व खेलाडी तथा अफगानिस्तानका प्रशिक्षक फिल सिमन्स, भारतीय टिमका पूर्व म्यानेजर लाचन्द राजपूत र भारतकै पूर्व फिल्डिङ प्रशिक्षक रविन सिंंह छन् । आवेदन दिएकाहरुबाट कपिल देव नेतृत्वको समितिले ६ जनाको प्रारम्भिक नाम चयन गरेको हो । उनीहरुलाई अन्तरवार्ताका लागि बोलाउने र त्यसैबाट प्रशिक्षक छनोट गर्ने छ । एजेन्सिको सहयोग । २०७६ साउन २८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - १८:००:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology