आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालका सुवास गुरुङ, निमेश गुरुङले १६० देशका प्रहरीलाई हराउँदै जिते दुई-दुई स्वर्ण

नेपालका सुवास गुरुङ, निमेश गुरुङले १६० देशका प्रहरीलाई हराउँदै जिते दुई-दुई स्वर्ण

  • 6.4K
    SHARES
  • पर्वत । महाशीला गाउँपालिका–४ लाम्तुङका सुवास गुरुङले ‘वर्ल्ड पोलिस एण्ड फायर गेम्स’ अन्डर थर्टी उमेर समूहको उपाधि चुमेका छन्। विश्वका १६० देशका प्रहरीहरूको दौड प्रतियोगितामा सुवास प्रथम भएका हुन्। दुई वर्षको अवधिमा आयोजना हुने ‘वल्र्ड पोलिस एन्ड फायर गेम्स’ अन्तर्गत सन् २०१९ को संस्करणमा गुरुङले १० किलोमिटर दूरीको क्रस कन्ट्री दौड र हाफ म्याराथनमा दुई स्वर्ण पदक प्राप्त गरेका हुन्। सुवास तीन वर्षअघि सिङ्गापुर पोलिसमा भर्ती भएका थिए। उनले सिङ्गापुर पोलिसकै तर्पmबाट प्रतियोगितामा भाग लिएका हुन्। २२ वर्षीय सुवासले सिङ्गापुर पोलिसको तर्पmबाट खेलमा सहभागी भए पनि उनको राहदानी नेपाली भएका कारण प्रमाणपत्रमा नेपाल नै उल्लेख गरिएको प्रर्वतका कराँते प्रशिक्षक तथा रेफ्री राम श्रेष्ठले जानकारी दिए। सुवासले अब अगस्ट १८ मा पाँच किलोमिटर दूरीको दौडमा भाग लिने छन्। यसमा पनि सफल बन्न सके भने उनले सहभागिता जनाएका तीन ओटा इभन्टहरुमा नै पदक पाउन सफल हुने छन्। यसैगरी, ३० वर्षमाथिको दौडमा नेपालकै निमेश गुरुङले पनि दुई स्वर्ण पदक जितेका छन्। निमेशले पनि १० किलोमिटर दूरीको क्रस कन्ट्री रेस र हाफ म्याराथनमा पदक जितेका हुन्। २०७६ साउन २८ गते प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - १८:१४:५२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology