आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सन्दिपले पाए अमेरिकाको भिसा

सन्दिपले पाए अमेरिकाको भिसा

  • 6.2K
    SHARES
  • काठमाण्डौ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई अमेरिकन राजदुताबासले अमेरिकाको भिसा प्रदान गरेको छ । नेपाली रास्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले सन्दिपले भिसा पाएको बताएका छन् । क्रिकेटिंग नेपालसँग कुरा गर्दै रमनले सन्दिपको भिसा आएको पुस्टि गरेका हुन् । यस अघि आज बिहान दुताबासले भिसा दिन अस्विकार गरेको थियो भने पछि फेरी फोन गरेर सन्दिपलाई भिसाको लागि दुताबासका कर्मचारीले बोलाएका थिए । सेप्टेम्बर चारबाट वेस्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमिएर लिगका लागि आज भिसाका लागि गएका सन्दिप आज बिहान खाली हात फर्केका थिए । सन्दिपले आफुले भिसा नपाएकोमा ट्वीटर मार्फत दुखेसो ब्यक्त गरेका छन् । अमेरिकाको फ्लोरिडामा सिपिएलका केहि खेलहरु हुने भएकाले सन्दिपले त्यहाँको भिसाको लागि आबेदन दिएका हुन् । सन्दिपले आफुले भिसा नपाएको भन्दै ट्वीटर मार्फत दुखेसो पोखेका थिए । उनले यस अघि एस्तो लेखेका थिए  म आज आगामी संस्करणको क्यारेबियन प्रिमिएर लिगका लागि भिसाको लागि अमेरिकन राजदुताबास गएको थिए । मैलें सन् २०१६ देखि नेपाली क्रिकेट टोलीका सदस्यका रुपमा विभिन्न प्रतियोगिता खेलेको छु भने विश्वका सबै लिग खेलको छु तर अचम्म लाग्दो मेरो अमेरिकाको भिसा रद्ध भयो । क्रीकेटिङ्ग नेपालले लेखेको छ । २०७६ साउन २८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - २२:३९:५१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology