आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा तीन खेलाडी सम्मानित

धादिङमा तीन खेलाडी सम्मानित

  • 6.8K
    SHARES
  • धादिङ । चक्रदेवी सामुदायिक समाज धादिङले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका तीन खेलाडीलाई सम्मान गरेको छ । समाजले मंगलबार एक विशेष समारोहका बीच तीन खेलाडीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा पाँचथर जिल्ला हिलीहाङ गाँउपालिका ५ हाल नेपाल महिला भलिवलकी मेधावी खेलाडी कोपिला उप्रेती, ज्वालामुखी गा.पा।२ मैदी हाल नेपाल आर्मी क्लबका खेलाडी एवं राष्ट्रिय पुरुष भलिवल खेलाडी सरण सामरी र धादिङ जिल्ला ज्वालामुखी गा।पा। ६, सुनखानी हाल महिला दौड विधामा राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडी बन्न सफल सन्तोषी श्रेष्ठ रहेका छन् । उनीहरुलाई नगद, प्रमाण पत्र एवं मेडल द्वारा सम्मान गरिएको समाजले जनाएको छ । चक्रदेवी सामुदायिक समाज नेपालका संयोजक एवं नलाङ मोडेल एकेडेमीका अध्यक्ष राम बहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा नेदरल्याण्ड भलिवल संघका मेनेजर पिटर भान तरेलको प्रमुख आतिथ्यता र अन्यको आतित्थ्यता रहेको थियो ।
    २०७६ साउन २९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७६ बुधवार - १८:१०:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology