आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : रुकु भन्ने अस्मिता कार्की पक्राउ

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : रुकु भन्ने अस्मिता कार्की पक्राउ

  • 5.7K
    SHARES
  • काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो। कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ। स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए। तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्। हाम्रो अनुसन्धान अघि बढिसकेको छ, पुडासैनीले नाम लिएका तीनैजना पक्राउ पर्छन्, यसमा कुनै सन्देह छैनु, मल्लले भने,पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता पाउँछ। हामी यसमा कुनै कमजोरी नगरी अनुसन्धान गर्छौँ। कसैको दबाब या प्रभाव परेर प्रहरीले कारवाही रोक्दैन। आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए। २०७६ साउन ३० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - ००:२८:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology