आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एनसेल लाभकर विवाद ,फैसला सर्वोच्च अदालतका न्यायाधीशहरुले लेख्न नभ्याएको भन्दै म्याद सारियो

एनसेल लाभकर विवाद ,फैसला सर्वोच्च अदालतका न्यायाधीशहरुले लेख्न नभ्याएको भन्दै म्याद सारियो

  • 4.5K
    SHARES
  •   काठमाडौं । एनसेल लाभकर विवादमा आज पनि फैसला भएन ,एनसेल लाभकर विवादमा दोस्रोपटक फैसला मिति सरेको छ। बिहीबार हुने भनिएको फैसला सर्वोच्च अदालतका न्यायाधीशहरुले लेख्न नभ्याएको भन्दै भदौ ५ गतेका लागि सारिएको छ। यसअघि २१ गते तोकिएको फैसला मिति पनि सारिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको ५ सदस्यीय बृहत् पूर्ण इजलासले २०७५ माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो। कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनु भन्ने पूर्ण इजलासले परमादेश जारी गरेको थियो। सो फैसलापछि ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो। यसमध्ये करिब साढे ३९ अर्ब रुपैयाँ एनसेलले बुझाउन बाँकी थियो। तर, उसले करिब साढे १४ अर्ब रुपैयाँ मात्र कर निर्धारण हुनुपर्ने भन्दै आदेशमा चित्त नबुझेपछि २०७६ बैसाख ९ मा सर्वोच्च अदालतमा अर्को रिट दायर गरेको थियो। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको क्रममा छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पूर्ण इजलासले टुंग्याएको यो विवाद पुनः सर्वोच्चमा रिटको क्षेत्राधिकारअन्तर्गत एनसेल आएपछि केही महिनादेखि विचाराधीन रहेको थियो। एनसेलले लाभकर छुट हुनुपर्ने दाबी गरेको मुद्दा सर्वोच्चका पाँच न्यायाधीशले पुनः सुनुवाइ गरेका थिए। २०७६ साउन ३० गते प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - ०१:०४:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology