आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

  • 5.7K
    SHARES
  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ सिधा कुरा जनता सँगका चर्चित कार्यक्रम प्रस्तोता एवंम न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । उनीहरुलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो । २०७६ साउन ३० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - ०१:३८:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology