आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मलेसियामा पेट्रोल बम विस्फोट हुँदा १ नेपाली घाइते

मलेसियामा पेट्रोल बम विस्फोट हुँदा १ नेपाली घाइते

  • 5.3K
    SHARES
  • काठमाडौं । मलेसियाको तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको पेट्रोलबम विस्फोटमा एक नेपाली घाइते भएका छन् । मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन । समाचार अनुसार, उनको हात र शरीरको पछाडिको भाग करिब १० प्रतिशत जलेको छ । उनलाई त्यही पुगेर स्वास्थ्यकर्मीले उपचार गरेका छन् । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । क्वालालम्पुर फायर एन्ड रेस्क्यु अपरेशनका प्रवक्ताले बताए अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । विस्फोटबाट गार्ड पोस्टको एउटा भागमा क्षति पुगेको छ । २०७६ साउन ३१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - २०:१६:२३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology