आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मलेसियाली क्लबसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा: भरत,रोहित र किरण टिममा परेनन्

मलेसियाली क्लबसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा: भरत,रोहित र किरण टिममा परेनन्

  • 3.6K
    SHARES
  • काठमाण्डौ । मलेसियाको लिग च्याम्पियन टिम जोहोर दरुलसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले घोषणा गरेको २३ खेलाडीको सूचीमा अधिकांश पुराना खेलाडीकै वर्चश्व रहेको छ । तर टिमका मुख्य गोलकिपर किरण चेम्जोङ भने यो खेलमा उपस्थित नहुने भएका छन् । चेम्जोङ हाल जापानी लिगमा ट्रायलका लागि गएकाले यो खेल गुमाउने भएका छन् । अगष्ट २६ तारिखमा हुने यो खेलमा स्ट्राइकर भरत खवास पनि अनुपस्थित हुने भएका छन् । यस्तै अनुभवी खेलाडी रोहित चन्द पनि यो टिममा परेका छैनन् । मलेसियाको पसर गुडाङ स्टेडियममा हुने खेलका लागि घोषित भएको टिम यसप्रकार रहेको छ । गोलकिपर स् विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ डिफेन्डर स् सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजित धिमाल, सुमन अर्याल मिडफिल्डर स् सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई स्ट्राइकर स् विमल घर्ती मगर, अभिशे रिजाल, नवयुग श्रेष्ठ फिफा विश्वकपको दोस्रो चरणको छनोटका लागि नेपाली टिमको यो अन्तिम तयारी खेल हुनेछ । त्यसपछि नेपाली टिम सेप्टेम्बर ५ मा कुवेतविरुद्धको खल्नेछ । त्यसपछि नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध उसकै मैदानमा खेल्नेछ । २०७६ साउन ३२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - १७:५२:४५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology