आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पत्रकार शालिकरामको भिडियो परिवारबाटै प्राप्त

पत्रकार शालिकरामको भिडियो परिवारबाटै प्राप्त

  • 4.5K
    SHARES
  • किशोर श्रेष्ठ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धान सुस्त देखिएजस्तो लागेपछि माउन्टेन टिभीका सम्वादददाता रामेश्वर सुबेदीकै सामु प्रहरीबाट डाइङ डिक्लरेशन कपी गरी लगिसकेका परिवारका सदस्यहरू घटनाको सातौं दिन आइतबार साँझ मेरो कार्यालयमा आएर शालिकरामको मरणअघिका दुई भिडियो क्लिप सेयर इटमार्फत मेरो मोबाइलमा ट्रान्स्फर गर्दै भन्नुभयो– ‘दाइ, तपाईं संकटकालमा पनि नडग्मगाएको मान्छे, यसको आधारमा समाचार बनाएर खबरदारी गरिदिन पर्यो ।’ हामीले त्यसरी प्राप्त ८ मिनेट २७ सेकेन्ड र ४ मिनेट ५७ सेकेन्डका छुट्टाछुट्टै ती क्लिप्सका केही अंश उल्लेख गर्दै बुधबारको दिन ‘पत्रकारले मर्दामर्दै खोलेको पोल’ शीर्षकअन्तर्गत जनआस्थामा समाचार प्रकाशन गर्यौं । स्तम्भकार मित्र संकेत कोइराला ‘नेपाल आज’मा पनि संलग्न भएको र उहाँहरूसमेतले पत्रिकाबाट उक्त खबर धेरै वटा अनलाइनले साभार गरिसकेको हुँदा हामीले पनि पोस्ट गर्न पाँउ न भनी आग्रह गर्नुभएबमोजिम ती भिडियो सार्वजनिक रूपमा उपलब्ध गराइएको हो । संसारभरका पत्रकारको पहिलो कर्तव्य प्राप्त प्रमाणित सामग्री अरु कसैले भन्दा पहिले आफ्ना दर्शक र श्रोतासामु प्रस्तुत गर्नुहुने गर्दछ, त्यही कर्तव्य पालना मात्र हामीबाट भएको हो जहाँसम्म सामग्री प्राप्तीको सवाल छ, एउटा पत्रकारले सबैको चासो रहेको भिडियो फेला पारेर जनताबीच ल्याउँदा किन, कसरी भन्दै आशंकाको पहाड खडा गर्नु आश्चर्यको कुरा हो, यसबीच केही मित्रले वास्तविकतै नबुझी, आफूखुसी काल्पनिक कथा छापी स्वार्थसिद्ध गर्न र परिस्थितिलाई अर्कै दिशातर्फ मोड्न चाहेको देखियो ! उक्त भिडियोको कन्टेन्टबारे हाम्रो भन्नु केही छैन, सरोकारवाला निकायले नै अनुसन्धानबाट खुट्याउलान्, हाम्रो भनाइ त यति मात्रै हो कि यस प्रकरणमा विश्वभरका एक से एक आइटी विज्ञहरूलाई झिकाएर त्यति समयभन्दा बढीको भिडियो क्लिप छ भने रिकभर या प्रमाणित गरेर देखाए हुन्छ, जब कूल १३ मीनेट २४ सेकेण्डभन्दा लामो भिडियो नै खिचिएको छैन भने सम्पादन गरेको या कसैलाई हुने, कसैलाई नहुने गरी प्रकाशन या प्रशारण गरिएको प्रश्नै उठ्दैन ! घामजस्तै छर्लङ्ग वास्तविकता यही हो र यही मात्रै हो, यस प्रकरणमा कोही कसैलाई अनावश्यक मुच्छ्ने या विषयान्तर गर्ने जरुरतै छैन १ हामी जसरी यस मामिलामा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको निर्दोषित प्रमाणित होस् भन्ने चाहन्छौं त्यसरी नै श्रमजीवी पत्रकार शालिकराम पुडासैनीले समेत अकाल मरेर पनि अन्याय भोग्न नपरोस् भन्ने ठान्दछौँ ! हामीले अफिसियल रुपमै रविजीलाई पोहोर पनि बिदेशी नागरिकता र राहदानी त्यागेर नेपाली बनी, आफ्नै देशको एक असल करदाताका हैसियतले कानूनी रुपमै पत्रकारिता थाल्न बिनम्र आग्रह गरेका भिडियो क्लिपहरू युट्युबमा सर्च गर्दा पाउन सक्नुहुन्छ, न हाम्रो पुरानो चिनाजानी, न बिट एउटै, न एकार्काको प्रतिस्पर्धी, न त कुनै दुश्मनी नै, सम्बन्ध शत्रुतापूर्ण हुनेले कहिल्यै पनि आउनोस् मिलिजुली देश र जनताको हित अनुकूल पत्रकारिता गरौं भन्दै यसखाले सुझाव दिँदैन ! ३३ बर्षको पत्रकारिता जीवनमा हामीले थुप्रै आरोह९अवरोह झेलेका छौँ र सम्पूर्ण सञ्चारकर्मीलगायत सबै सबै देशबासीप्रति पुनः यो पनि विनम्र आग्रह गर्दछौं कि अनाहक कोही, कसैमाथि, कहिल्यै पुस्ट्याइँ बिनाका आरोप नलगाऊँ १ सस्तो आरोपले तत्काललाई टिआरपी त बढाउला तर त्यसले इमानको स्खलन र सत्यको हत्या गराइरहेको हुन्छ । हाम्रो पेशागत कर्म र धर्मबारे केही भ्रम भए या लेख्न मन लागे सिधै सम्पर्क गर्दा हुन्छ, सक्दो जानकारी दिन हर्दम तयार छौँ, हाम्रा कुनै पनि गतिविधि अपारदर्शी छैनन् । अनि हामीले झेलेको भुक्तमान र लगाइएका झूठ आरोपहरू तथ्यको कसीमा लल्याकलुलुक गलेका उदाहरण निकट विगतमै छन् ! गल्ती नगर्दासम्म कसैले आत्तिनु पर्दैन भन्ने कुराका हामी आफैं भुक्तभोगी हौं ! र, हामीले कानूनी प्रक्रियाबाटै आफूमाथिका समुच्च आरोपको न्यायिक निरुपण गरेका छौँ ! पुनश्चः भिडियो प्रकरणको वास्तविकतालाई आफ्नो निहित स्वार्थबस् तोडमरोड नगर्न र हाम्रो पेशागत आचरण तथा तपाईं हामी आफ्नै लेखनप्रति जनबिश्वासको असामयिक अवसान हुन नदिन हार्दिक अनुरोध गर्दछौँ ! वस्तुनिष्ठ आलोचना र सिर्जनात्मक सुझावको सधैं सम्मान गर्ने नै छौं !
     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - २१:४०:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology