आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारतीय क्रिकेट टीमको प्रशिक्षकमा फेरी पनि रवि शास्त्री नियुक्त

भारतीय क्रिकेट टीमको प्रशिक्षकमा फेरी पनि रवि शास्त्री नियुक्त

  • 4.1K
    SHARES
  • एजेन्सी– भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवको नेतृत्वमा रहेको क्रिकेट एजभाइजरी काउन्सिलले शुक्रबार साँझ भारतीय क्रिकेट टीमको प्रशिक्षकमा फेरी पनि रवि शास्त्री नियुक्त भएको घोषणा गरेको छ । कपिल देवले प्रमुख प्रशिक्षकको चयन कोचिङ स्कील, अनुभव, ज्ञान र टीमसँग संचार गर्न सक्ने क्षमताको आधारमा गरिएको बताए। केही समयअघि इंग्ल्याण्ड र वेल्समा सम्पन्न १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्यूजिल्याण्डसँग पराजित भएपछि उनको चर्को आलोचना भएको थियो। साथै उनको प्रशिक्षण क्षमतामाथि पनि प्रश्न उठाइएको थियो। कपिल देवले प्रशिक्षकको नियुक्तिको लागि कप्तान विराट कोहलीसँग सल्लाह नमागेको दावी गरेपनि शास्त्री फेरी प्रशिक्षक छानिनुमा विराटको भूमिका रहेको बताइएको छ। कोहली र शास्त्रीबीच निकट सम्बन्ध रहेको बताइन्छ। यद्यपी प्रशिक्षकको लागि ६ जनाको नाम शर्टलिस्टमा थियो। जसमा शास्त्रीका साथै लालचन्द राजपूत, रोविन सिंह, न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हेसन, अष्ट्रेलियाका टम मुडी र वेष्ट इण्डिजका सिमोन्सको नाम थियो। विविध अड्कलबाजीकाबीच प्रशिक्षकमा रवि शास्त्रीले बाजी मारेका छन्। उनको कार्यकाल सन् २०२१ सम्म रहने छ। शास्त्री सन् २०१४ देखि २०१६ सम्म भारतीय क्रिकेट टीमको निर्देशक थिए। उनलाई सन् २०१७ मा प्रशिक्षक बनाइएको थियो। २०७६ साउन ३१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - ०३:५९:३० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology