आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एसीसी यू–१९ क्रिकेटको तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलंकासँग हुने

एसीसी यू–१९ क्रिकेटको तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलंकासँग हुने

  • 4.1K
    SHARES
  • काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यूथ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेशसँग सेप्टेम्बर ८ तारिखमा खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले अर्को एसोसियट टिम युएईसँग १० तारिखमा खेल्नेछ । ८ राष्ट्र सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, पाकिस्तान, अफ्गानिस्तान र कुवेत रहेका छन् । प्रतियोगिताको दुई समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताका लागि नेपाली टिमले दुई साता अगाडीदेखि प्रशिक्षण गरिरहेको छ । प्रतियोगिताको तयारीका लागि नेपालले श्रीलंकामा नैं केही दिन बन्द प्रशिक्षण तथा तिन वटा अभ्यास खेल खेल्नेछ । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - १६:२३:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology