आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रोनाल्डोले फुटबल करियरबाट संन्यास लिनेबारे नयाँ कुरा खुलासा गरे

रोनाल्डोले फुटबल करियरबाट संन्यास लिनेबारे नयाँ कुरा खुलासा गरे

  • 4.5K
    SHARES
  • एजेन्सी । युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले फुटबल करियरबाट संन्यास लिनेबारे नयाँ कुरा बताएका छन् । उनले अर्को वर्ष सम्म संन्यास नलिए ४० वर्षसम्म खेल्ने बताएका छन् । ‘टिभीआई’सँगको कुराकानीमा उनले आफ्नो फुटबल जीवनको अन्त्य अर्को वर्ष पनि हुन सक्ने वा ४० वर्षसम्म पनि चल्न सक्ने बताए । ३४ वर्षीय पोर्चुगेली स्टार खेलाडी रोनाल्डो गएको सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालीयन क्लब युभेन्टसमा अनुबन्धन भएका थिए । युभेन्टसका लागि उनले पहिलो सिजन सम्पूर्ण खाले प्रतियोगिताका ४३ खेलमा २८ गोल गरेका थिए । पाँच पटक बालोन डी’ओर विजेता रोनाल्डो खेलबाट संन्यास लिने कुरामा अनिश्चित छन् । “मैले संन्यासको बारेमा सोचेको छैन । हुनसक्छ मैले अर्को वर्ष फुटबलबाट संन्यास लिनसक्छु र म ४० वर्षसम्म पनि खेल्न सक्छु,” रोनाल्डोले भने । रोनाल्डोले फुटबल जीवनमा व्यक्तिगत रुपमा सबै प्रकारका अवार्डहरु जितिसकेका छन् । रोनाल्डोले रियल मड्रिडलाई ४ च्याम्पियन लिग र २ ला लिगा ट्रफी जिताउन महत्वपूर्ण योगदान गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडलाई १ च्याम्पियन लिग र ३ प्रिमियर लिग जिताएका छन् । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - २०:५३:४२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology