आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एभीसी भलिबल च्याम्पियनसिपबाट नेपाल समूह चरणबाटै बाहिरियो

एभीसी भलिबल च्याम्पियनसिपबाट नेपाल समूह चरणबाटै बाहिरियो

  • 5.0K
    SHARES
  • काठमाडौं । लगनखेलको आर्मी कभर्डहलमा बुधबार भएको खेलमा नेपाल माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो । पराजित भए सँगै आयोजक नेपाल एभीसी सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । माल्दिभ्स भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुरुदेखि नै हावी भएको माल्दिभ्स पहिलो सेट २५–२२ ले जित्यो । दोस्रो सेट पनि नेपालले २५–२१ मा गुमायो । अन्तिम सेट नेपालको प्रदर्शन झन कमजोर रह्यो र २५–१४ ले माल्दिभ्स विजयी भयो । यसअघि किर्गिस्तानसँग पनि नोपाल सोझो सेटमा पराजित भएको थियो । समूह ए मा रहेको नेपाल प्रतियोगिताबाट बाहिरिँदा किर्गिस्तान समूह विजेता र माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - ०३:४०:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology