आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वर्ल्ड स्कलर कपमा नेपाली विद्यार्थीलाई ९ स्वर्ण

वर्ल्ड स्कलर कपमा नेपाली विद्यार्थीलाई ९ स्वर्ण

  • 5.0K
    SHARES
  • काठमाडौं । मौका पाउने हो भने नेपाली विद्यार्थी संसारभरका कुनै पनि प्रतिस्पर्धामा कमजोर छैनन् भन्ने कुरा हालै सिड्नीमा सम्पन्न एक प्रतिस्पर्धाको परिणामले प्रष्ट पारेको छ। अस्ट्रेलियाको सिड्नीमा तीस राष्ट्र सहभागी वर्ल्ड स्कलर कप २०१९ मा नेपालबाट प्रतिनिधित्व गरेका अक्षरा स्कूलका तीन विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै नौ स्वर्ण पदक सहित अमेरिकाको एल युनिभर्सिटीका लागि आफ्नो स्थान पक्का गर्न सफल भएका छन्। सिड्नीको डार्लिङ हार्बरस्थित वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजना भएको चार दिने वर्ल्ड स्कलर कपमा नेपालको प्रतिनिधित्व गर्दै पेप्सिकोलास्थित अक्षरा बोडिङ स्कुलका तीन विद्यार्थीले सहभागिता जनाएका थिए। नेपालबाट प्रारम्भिक चरणमा योग्यता परीक्षामा पास भएपछि ती विद्यार्थीले अस्ट्रेलियामा सहभागिताको मौका पाएका थिए। अक्षराबाट सहभागी कक्षा सातमा अध्ययनरत नितासा अधिकारीले करिब एक हजार बिध्यार्थी सहभागी स्कलर कपमा दुई स्वर्ण र तीन रजत पदक जितेकी हुन् भने कक्षा आठकी स्वस्ती रेग्मीले चार स्वर्ण पदक र एक रजत तथा सोही कक्षाकी जेशिका शर्माले तीन स्वर्ण पदक र दुई रजत पदक जितेकी छन्। संसारभरका विद्यार्थीको भीडमा नेपाली विद्यार्थीले अब्बल साबित गर्दै प्रतियोगिताको अमेरिकामा हुने अन्तिम चरणको प्रतिस्पर्धामा छनौट समेत पक्का गरेका छन्। हामीले भाषा, लेखन, आइक्यु र अन्य विविध बिषयमा भएका प्रतिस्पर्धामा सहभागिता जनाएका थियौँ, नौलो परिवेश र नयाँ वातावरणबीच पनि सफलता हात पार्यौँ, यो अक्षराको पढाइ र हाम्रो सिकाइबाट सम्भव भएको हो’ स्वस्ती रेग्मीले सेतोपाटीलाई भनिन्। निकै उत्साहित यी नेपाली बालिकाहरु यहाँंका विद्यार्थीसँग प्रतिस्पर्धा गर्दा सुरुमा केही हच्किएका थिए, तर पढाइ र सिकाइमा उनीहरु अगाडि रहे र स्वर्णको भारी बोक्न सफल भए। स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले अक्षराको संस्कारयुक्त शिक्षाको नारा र ब्यबहारले विद्यार्थीमा संसारको जुनैसुकै कुनामा पनि प्रतिस्पर्धा गर्ने क्षमता अभिबृद्धी गरेको बताइन्। सेतोपाटी बाट साभार २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - ०४:३३:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology