आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यू-१९ नेपाली टोलीको घोषणा, सन्दीप र आसिफको पुनरागमन,विशालविक्रम केसी र तिलकराज भण्डारी बाहिरिए

यू-१९ नेपाली टोलीको घोषणा, सन्दीप र आसिफको पुनरागमन,विशालविक्रम केसी र तिलकराज भण्डारी बाहिरिए

  • 5.1K
    SHARES
  • काठमाडौं । यू-१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए । यस्तै टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा परेका छन् । यसअघि टोलीमा परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीाबाट बाहिरिएका छन् । नेपाली किशोर टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ । स्थानीय टिमसँग केही अभ्यास खेल खेल्नेछ । एसिया कप भने १९ भदौबाट सुरु हुनेछ । समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीकासँगै नेपाल, बंगलादेश र यूएई समूह बीमा छ । प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले २० भदौमा घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपालले २२ भदौमा बंगलादेश र २४ भदौमा यूएईसँग खेल्नेछ । २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - २०:५१:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology