आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यु–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

यु–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

  • 4.0K
    SHARES
  • काठमाण्डौँ । यही भदौ १९ गतेदेखि श्रीलंकामा आयोजना हुने १९ वर्षमुनिको एसीसी एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपालले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, कुशल मल्ल, रशिद खान, कमलसिंह ऐरी, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, खडक बोहरा, लोकेश बम र सूर्य तामाङ रहेका छन् । टोलीमा सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङले पुनरागमन गरेका हुन् । विनोद दासको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोली आउँदो शनिबार श्रीलंका जानेछ । टोलीले केही अभ्यास खेलहरु खेल्ने कार्यक्रम रहेको छ । समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा श्रीलंकासित भदौ २० गते, दोस्रो खेलमा बंगलादेशसित भदौ २२ गते र अन्तिम खेलमा युएईसित भदौ २४ गते खेल्नेछ । समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाल गएको महिना मलेसियामा सम्पन्न एसीसी यु–१९ पूर्वी क्षेत्रको उपाधि जितेर एसिया कपमा छनोट भएको हो । २०७६ भदौ ५ मा प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - ०५:००:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology