काठमाण्डौ । यू–१८ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । नेपालमा आउँदो सेप्टेम्बर महिनामा एपीएफ मैदान हलचोकमा हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले माल्दिभ्ससँग खेल्ने छ ।
६ टिमको सहभागिता रहेको यस प्रतियोगिताको समूह ए मा नेपाल र माल्दिभ्ससँगै भुटान पनि रहेको छ ।
समूह बी मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा २२ तारिखमा भुटानसँग खेल्ने छ । दुई समूहबाट शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।
२०७६ भदौ ६ मा प्रकाशित