आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

टेस्ट क्रिकेटमा बुमराहले ड्यारेन ब्राभोलाई आउट गर्दै ५० विकेट लिए

टेस्ट क्रिकेटमा बुमराहले ड्यारेन ब्राभोलाई आउट गर्दै ५० विकेट लिए

  • 5.9K
    SHARES
  • एजेन्सी । भारतीय बलर जसप्रित बुमराहले टेस्ट करियरमा ५० विकेट पूरा गरेका छन् । वेस्ट इण्डिजविरुद्धको पहिलो टेस्टमा बुमराहले ड्यारेन ब्राभोलाई आउट गर्दै ५० विकेट पूरा गरेका हुन् । उनले रविचन्द्रन आश्विनलाई पछि पारेका हुन् । उनले सबैभन्दा कम बलमा ५० विकेट पुरा गरेका हुन् । बुमराहले ५० विकेट लिनका लागि २ हजार ४ सय ६५ बल बलिङ गरेका थिए । यो उपलब्धि हासिल गर्नका लागि आश्विनले २ हजार ५ सय ९७ बल बलिङ गरेका थिए । यस्तै ११ टेस्टमा ५० विकेट लिने कीर्तिमान बनाउँदा बुमराहले वेंकटेश प्रसाद र मोहम्मद शामीको रेकर्ड पनि तोडेका छन् । यो रेकर्डमा यसअघि वेंकटेश प्रसाद र मोहम्मद शामीले १३ टेस्टमा ५० विकेट लिने रेकर्ड बनाएका थिए । बुमराहालाई वेस्टइण्डिजविरुद्धको एक दिवसीय र टी २० मा भने विश्राम दिइएको थियो । २०७६ भदौ ७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७६ आइतवार - ०५:१८:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology