आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इंग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा, आर्सनल पराजित

इंग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा, आर्सनल पराजित

  • 3.7K
    SHARES
  • काठमाण्डौँ । इंग्लिस प्रिमियर लिगमा बलियो टीम आर्सनलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा कायम रहेको छ ।आर्सनल लिभरपुलसँग ३–१ गोल अन्तरले पराजित भएको छ । लिभरपुलले खेलको शुरुबाटै आर्सनललाई दबावमा राखेको थियो । पहिलो हाफको अन्त्यतिर गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । खेलको ४१औं मिनेटमा गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । दोस्रो हाफको ४९ र ५८औं मिनेटमा स्टार स्ट्राइकर मोहमद सलाहले लगातार गोल गर्दै लिभरललाई तीन–शून्यको अग्रता दिलाएका थिए । खेलको ८५औं मिनेटमा आर्सनलका लागि लुकासले सान्त्वना गोल फर्काए पनि हार टार्न सकेनन् । जितसँगै तीन खेलबाट लिभपुर पुलले नौ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने हारसँगै आर्सनल ६ अंकसहित दोस्रो स्थानमा छ । २०७६ भदौ ८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७६ आइतवार - १४:२२:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology