आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रविको बयान : "म मार्फत कसैले सबै कुरा सार्वजनिक गरिदिन्छु भनेकाले आत्महत्या गरेको हुनुपर्छ"

रविको बयान : "म मार्फत कसैले सबै कुरा सार्वजनिक गरिदिन्छु भनेकाले आत्महत्या गरेको हुनुपर्छ"

  • 3.9K
    SHARES
  • रवि लामिछाने शालिकराम करिब डेढ वर्षपहिले दुई–तीनवटा सान्दर्भिक सूचना ल्याई हाम्रो कार्यालयमा आएका थिए । सोही क्रममा चिनजान भई उनले राम्रो सूचना ल्याउन सक्ने सोची म र दीपक बोहराले सिफारिस गरी उनलाई न्युज २४ मा रिपोर्टरका रूपमा काममा राखेका थियौँ । उनले पाउने सेवासुविधाबारे मलाई केही थाहा थिएन, काममा निकै मिहिनेत गरी खटिने र राम्रो–राम्रो सूचना ल्याउने गर्थे । शालिकरामले कम्प्युटर चलाउन नजान्ने भएकाले उनले ल्याएका सूचनाहरूलाई युवराज कँडेलले पूरा गरी समाचार बनाई मलाई दिन्थेँ । उनीबारे अन्य केही पनि जानकारी थिएन । करिब दुई महिनापहिले उनले ‘मैले माउन्टेन टिभीमा एक लाख तलब पाउने गरी मार्केटिङको काम पाएँ अब न्युज २४ छाडेँ’ भनेका थिए । पछि, उनले उक्त टिभीमा ‘मिसन न्युज’ भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाहा पाउँदा उनले मलाई किन ढाँटे होलान् भन्ने लागेको थियो । वारदातको दुई–तीन दिनपहिले हाम्रो क्यामेराम्यान अनिल ढुंगेलले हामी सबै कर्मचारीहरू सँगै भएको वेला शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमिकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ  । २० साउनमा मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ । भोलिपल्ट बिहान ब्युँझिई मोबाइल हेर्दा शालिकराम पुडासैनीको मृत्यु सम्बन्धका म्यासेजहरू राति नै आइसकेका रहेछन् । मर्नुअघि बनाएका दुईवटा भिडियोहरू हेर्दा उनले आफूलाई रवि लामिछानेसमेतले मर्न बाध्य बनाएकाले आत्महत्या गरेको भनेका रहेछन् । सो कुरा उनले के–कति कारणले भने मलाई थाहा छैन, तर उनले आफ्नी श्रीमती हुँदाहुँदै अस्मितालाई झुठो बोली प्रेम गरेको र पछि प्रेमिकाले सबै कुरा थाहा पाई उनीबाट टाढिन खोजेको बुझिन्छ । त्यसैले अस्मितालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरिदिन्छु भनी डर देखाउनेजस्ता कार्यहरू गर्ने गरेको पनि बुझिन्छ । त्यसैले अस्मिताले ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा गई रवि लामिछानेसमेतलाई भनी तिम्रो बारेमा सबै सार्वजनिक गरिदिन्छु भनेको कारणले सोही कुरालाई उनले साँचो ठानी मसँग समेत चित्त दुखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ । मैले उनीविरुद्ध कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुन सक्छ । मृतकले मलाई अत्यधिक सम्मान गर्ने हुँदा उनीविरुद्ध कार्यक्रम बनाउने भन्ने भ्रामक कुरा हो । तर, त्यही कुराले उनको मन दुःखेको हुन सक्छ र ममाथि आरोप लगाएका हुन सक्छन् । तर, मैले उनलाई आत्महत्या गर्नेसम्मको दुःख दिएको छैन र दिनुपर्ने कुनै कारण पनि छैन । मृतकको प्रेमिका भनेकी अस्मिता भन्ने रुकु कार्कीसँग देखभेट भएको थिएन । प्रहरीद्वारा पक्राउ परेपश्चात् मात्र देखेचिनेको हुँ । (अदालतमा रवि लामिछानेको कागजी बयान) २०७६ भदौ १० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७६ मंगलवार - १८:५३:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology