आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

युवराजको बयान : "शालिकरामलाई कुनै दुःख दिएको छैन"

युवराजको बयान : "शालिकरामलाई कुनै दुःख दिएको छैन"

  • 3.8K
    SHARES
  • युवराज कँडेल न्युज २४ मा रवि लामिछानेले प्रस्तुत गर्ने सीधा कुरा जनतासँग भन्ने कार्यक्रमको रिपोर्टरका रूपमा कार्यरत छु । मृतक शालिकराम पुडासैनीले करिब डेढ वर्षपहिले कुनै सरकारी कार्यालयको बेथितिबारे समाचार ल्याई हाम्रो कार्यक्रममा आएका थिए । उनले ल्याएको सूचना राम्रो लागी कार्यक्रमका प्रोड्युसर दीपक बोहरा र रवि लामिछानेको सिफारिसमा उनलाई रिपोर्टरका रूपमा हामीसँगै काम गर्ने गरी आबद्ध बनाउने क्रममा उनलाई चिनेको हुँ । उनले करिब डेढ वर्ष हामीसँगै काम गरे । उनले ल्याएका विभिन्न सूचनालाई मैले काटछाँट गरी समाचारको रूपरेखा दिई कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई दिने गरेको थिएँ । हामीसँग काम गर्ने क्रममा उनको घर नुवाकोट हो, श्रीमती सम्झना हुन् र उनीहरू नयाँ बसपार्कतिर बस्छन् भन्नेबाहेक अन्य केही पनि थाहा थिएन । उनीसँगको हाम्रो सम्बन्ध राम्रै थियो । करिब डेढ महिनापहिले माउन्टेन टेलिभिजनमा राम्रो तलब पाएकाले शालिकरामले न्युज २४ टिभी छोडी गएको भन्ने रवि लामिछानेबाट थाहा पाएको हुँ । सोपश्चात् उनीसँग मेरो फोन तथा सामाजिक सञ्जालसमेतबाट कुनै सम्पर्क तथा कुराकानी भएन । वारदातभन्दा करिब दुई–तीन दिनपहिले दीपक बोहरा, रवि लामिछाने र मलगायत न्युज २४ का अन्य कर्मचारीहरूसमेत भएको वेला क्यामेराम्यान अनिल ढुंगेलले शालिकरामको प्रेमिकासँग सम्बन्ध बिग्रिएकाले गुनासो गर्दै थिइन् भनेकाले त्यस्तो छ भने प्रहरीकोमा जान भन्दिनु भनी दीपक बोहराले भनेका थिए । २० साउन रातको करिब २३ः३० बजे म आफ्नै डेराकोठामा थिएँ, सहकर्मी रिया भण्डारीले फोन गरी शालिकराम पुडासैनी चितवनको एक होटेलमा झुन्डिएको अवस्थामा फेला परेको भनेर जानकारी गराएकीले मैले पूर्वसहकर्मीको नाताले घटनाबारे रवि लामिछाने र दीपक बोहरालाई जानकारी गराएको थिएँ । शालिकराम पुडासैनीले मर्नुअघि रवि लामिछाने, मेरो र आफ्नी प्रेमिका अस्मिताको नाम लिएको छ भन्ने विभिन्न समाचारहरूबाट थाहा पाएको थिएँ । पछि, अनुसन्धानका क्रममा प्रहरीद्वारा पक्राउ गरी शालिकरामको मोबाइलबाट बरामद भएका दुईवटा भिडियोहरूसमेत हेरी सो सम्बन्धमा थप जानकारी भयो । उनले सो भिडियोमा भनेजस्तो मैले उनलाई कुनै दुःख दिएको छैन । उनले ल्याएका समाचारका टिपोटहरूलाई कहिलेकाहीँ निकाल्ने र थप्ने हुन्थ्यो । सोही कुरामा उनले मसँग चित्त दुखाएको हुनुपर्छ । सोबाहेक अन्य केही कारण छैन । (अदालतमा युवराज कँडेलको कागजी बयान) २०७६ भदौ १० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७६ मंगलवार - १८:५४:५४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology