आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालको राष्ट्रीय फुटबल टिमको कप्तानी किरण चेम्जोङले गर्ने

नेपालको राष्ट्रीय फुटबल टिमको कप्तानी किरण चेम्जोङले गर्ने

  • 7.6K
    SHARES
  • विश्वकप तथा एसियन कप फुटबलको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा नियमित कप्तान विराज महर्जनले टिममा स्थान बनाउन असफल भएपछि त्यस खेलमा नेपालको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । २३ सदस्यीय टोली र १२ अफिसियल गरी ३५ जनाको जम्बो टोली आइतबार कुवेत प्रस्थान गर्नेछ । नेपालले कुवेतबिरुद्ध सेप्टेम्बर ५ मा खेल खेल्नेछ । कुवेतबाट नेपाल फर्किएकै दिन नेपाली टोली चाइनिज ताइपेइका लागि प्रस्थान गर्नेछ । नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध खेल खेल्नेछ । विश्वकप तथा एसियन कपको दोस्रो चरणमा नेपाल समूह बी मा परेको छ । नेपालले कुवेत, चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ । समूहको शीर्ष २ टोली तेस्रो चरणमा स्थान बनाउनेछन् । २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - १९:०८:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology