आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

खेलकूदलाई राजनीतिक विचारभन्दामाथि उठाउने : मन्त्री विश्वकर्मा

खेलकूदलाई राजनीतिक विचारभन्दामाथि उठाउने : मन्त्री विश्वकर्मा

  • 4.1K
    SHARES
  • रासस, काठमाडौं – युवा तथा खेककूदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा) ले खेलकूद क्षेत्रलाई अझ उँचो बनाउन र यस क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न नयाँ विधेयक आएको स्पष्ट पारेका छन्। उनले भने, ‘खेलकूदको माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको प्राथमिकता रहेको छ, देशको प्रतिष्ठा उँचो बनाउन खेलकूदको थप अभिवृद्धि गर्नु जरुरी छ ।’ प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको शुक्रबारको बैठकमा विधेयक संशोधनकर्ता सांसदले उठाएक विभिन्न जिज्ञासाको जवाफ दिँदै मन्त्री विश्वकर्माले विधेयकले खेलकूद परिषद्को कार्य सम्पादनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले खेलकूदको थप पूर्वाधार विकास गरिने र पर्यटकीय तथा साहसिक खेलकूदको विकास र विस्तार गरिने जानकारी दिँदै खेलकूदलाई राजनीतिक विचारभन्दामाथि उठाउने प्रतिबद्धतासमेत जनाए । समितिका सदस्य दिव्यमणि राजभण्डारीले विधेयकमाथि संशोधन प्रस्तुत गर्दै खेलकूद परिषद्को सट्टा खेलकूद प्राधिकरण बनाउन, परिषद्का उपाध्यक्षभन्दा कार्यकारी निर्देशक बनाउन सुझाव दिए । उनले भने, ‘खेलकूद क्षेत्रलाई राजनीतिक आस्था, विचार र प्रभावभन्दा माथि उठाउन जरुरी छ ।’ समितिका अर्का सदस्य विमला विश्वकर्माले विधेयकले समावेशीतामा ध्यान नदिएको चर्चा गर्दै खेल मिलेमतो गर्ने खेलाडीमाथि कारवाहीको दायरा बढाउन माग गरे । प्रस्तावित विधेयकले खेल मिलेमतो गर्ने खेलाडीलाई एक वर्षसम्म कैद र रु एक लाखसम्मको जरिवानाको प्रावधान राखेको छ । समितिका सदस्य जीवनराम श्रेष्ठले खेलकूद क्षेत्रलाई अझ विकास र विस्तार गर्न लगानी बढाउन आवश्यक रहेकोमा जोड दिँदै लगानीले मात्र राम्रो नतिजा निकाल्न सक्छ भने । राष्ट्रियसभाबाट पारित भइआएको सो विधेयकमाथि १५ संशोधन परेको छ । २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - ०४:५९:५२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology