आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एटीएम ह्याकिङ प्रकरण : मनी एक्सचेन्जका तीन जना सञ्चालक पनि समातिए

एटीएम ह्याकिङ प्रकरण : मनी एक्सचेन्जका तीन जना सञ्चालक पनि समातिए

  • 3.4K
    SHARES
  • काठमाडौं । एटीएम ह्याकपछि रकम साट्ने कार्यमा मुछिएका मनी एक्सचेन्जका सञ्चालकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ठमेलस्थित डेक्सो मनी एक्सचेन्जका देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो । एटीएम ह्याक गरेर रकम निकालेका चिनियाँ नागरिकले डेक्सो मनी एक्सचेन्जमा २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेका थिए भने नेपाल मनी एक्सचेन्जमा २९ लाख ९९ हजार रुपैयाँ गैरकानुनी रूपमा साटेका थिए। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले उनीहरूलाई गैरकानुनी रूपमा सटही गरेको २९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिए। त्यस्तै, प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा फरार तीन चिनियाँ नागरिकमध्ये एक जनालाई आइतबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई लि छन् । उनलाई आइतबार राति प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी बाहिरिन लागेको बेला पक्राउ गरेको थियो। २०७६ भदौ १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०७६ मंगलवार - १५:११:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology