आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

किर्गिस्तानमा हुने नादेझ्दा कपमा सहभागिता जनाउन महिला राष्ट्रिय फुटबल टोलीको घोषणा

किर्गिस्तानमा हुने नादेझ्दा कपमा सहभागिता जनाउन महिला राष्ट्रिय फुटबल टोलीको घोषणा

  • 3.9K
    SHARES
  • काठमाडौं। किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा सहभागिता जनाउने १८ सदस्यीय नेपाली महिला राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रतियोगिताको लागि १८ खेलाडी मात्र लैजाने प्रावधान रहेपछि महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले यसअघि घोषणा गरिएको ३२ सदस्यीय टोलीबाट अन्तिम टिमको टुंगो लगाएका हुन् । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दै छ । नेपालले ८ सेप्टेम्बरमा आयोजक किर्गिस्तान, ९ सेप्टेम्बरमा उज्वेकिस्तान र १० सेप्टेम्बरमा ताजकिस्तानको सामना गर्नेछ । १२ सेप्टेम्बरमा तेस्रो स्थान र उपाधि भिडन्तको खेल हुनेछ ‌। नेपाली टोली बिहीबार किर्गिस्तानतर्फ प्रस्थान गर्दै छ । २०७६ भाद्र १९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - १५:२०:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology