आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सन्दीप लामिछाने अहिलेसम्मकै उच्च मूल्य लिएर सीपीएलको मैदानमा

सन्दीप लामिछाने अहिलेसम्मकै उच्च मूल्य लिएर सीपीएलको मैदानमा

  • 3.0K
    SHARES
  • काठमाण्डौँ । नेपालका युवा स्टार सन्दीप लामिछाने आवद्ध टीम बार्बाडोस ट्रिडेन्टस्को खेल सोमबार शुरु हुँदैछ ।क्यारेबियन प्रिमियर लिग (सीपीएल)को टीम बार्बाडोसले सन्दीप लामिछानेलाई महँगो मूल्यमा अनुबन्धित गराएकाले सोमबार नै उनले खेल्न पाउने संभावना बढी छ । अघिल्लो सिजनमा सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्सले सन्दीपलाई मात्रै पाँच हजार डलरमा अनुबन्धित गराएका थिए । तर, सन्दीपले पाँच खेलमै सात विकेट लिएर आफूलाई प्रमाणित गरे । यस पटक भने सन्दीपलाई बार्बाडोसले ७० हजार डलरमा अनुबन्धित गराएका छन् । गत वर्ष इण्डियन प्रिमियर लिगमा नेपाली ३२ लाखमा खेलेका सन्दीपले बिग बासमा ५० हजार डलर, ग्लोबल टी–२० मा ४० हजार डलर, टी–१० मा ३० डलर पाएका थिए । सन्दीपले अफगानिस्तान प्रिमियर लिग १५ हजार डलरमा खेलेका थिए । ४८ लिग खेलिसकेका सन्दीपले ६४ विकेट लिएका छन् । २०७६ भदौ २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - १९:३५:५४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology