आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राणा लाई ३ मतले हराउँदै पूर्व प्रशिक्षक राजु बस्न्यात प्रदेश ३ को प्रादेशिक क्रिकेट संघको अध्यक्ष

राणा लाई ३ मतले हराउँदै पूर्व प्रशिक्षक राजु बस्न्यात प्रदेश ३ को प्रादेशिक क्रिकेट संघको अध्यक्ष

  • 5.6K
    SHARES
  • हेटौंडा । महिला क्रिकेट टोलीका पूर्व प्रशिक्षक राजु बस्नेत शनिबार प्रदेश तीन प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। हेटौंडामा भएको विशेष साधारण सभाबाट अध्यक्षका प्रत्यासी रहेका क्रिकेट संघ ललितपुरका अध्यक्ष नरेश रानालाई ३ भोटले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। बस्नेतले १३ मत ल्याएका थिए भने राणाले १० मत प्राप्त गरेका थिए। अध्यक्षबाहेक सचिव, कोषाध्यक्ष पदका लागि पनि निर्वाचन भएको थियो। प्रदेश ३ को ६ जिल्लाबाट २४ जना प्रतिनिधि मध्ये २३ जनाले भोटिङमा सहभागिता जनाएका थिए। एकजना प्रतिनिधि भने उपस्थित भएका थिएनन। काठमाडौं जिल्लाका बस्नेतको १३ भोट आएको थियो भने रानाको १० भोट मात्रै आएको हो। यस्तै, उपाध्यक्षमा भने मकवानपुरका प्रेम क्षत्री सर्वसम्मत चयन भएका हुन्। सचिवमा दुर्गाराज पाठक र कोषाध्यक्षमा अनिल अधिकारी निर्वाचित भए। प्रदेश संघको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री सर्वसम्मत भएका थिए। महिला सदस्यमा माया ज्ञवाली निर्वाचित हुँदा सदस्यमा कैलाश रोका मगर, विनय राजभण्डारी, महेश्वरी डंगोल, प्रज्वल सापकोटा, सुदीप पिया, रुपक रञ्जित, सुजन महर्जन, अजयवीर पाण्डे, अनुजमान श्रेष्ठ, राजु गुप्ता र उमेश पिया निर्वाचित भए। प्रदेश तीनको चुनाव सकिएलगत्तै क्यानको नयाँ विधानअनुसार सबै प्रदेशको चुनाव सम्पन्न भएको छ। अब असोज पहिलो साता केन्द्रको चुनाव हुने निर्वाचिन समितिले जनाएको छ। निर्वाचन समिती सदस्य राजेश्वार श्रेष्ठले असोज ३ र ४ गते क्यान केन्द्रीय समितीको निर्वाचन गर्ने योजनामा रहेको बताए। राजु बस्नेत नेपालको तर्फबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलिसकेका पूर्वखेलाडी पनि हुन् । २०७६ भाद्र २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - ०४:३५:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology