आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नाडेज्दा कपमा नेपालको शानदार सुरुआत, किर्गिस्तान ८-२ ले पराजित

नाडेज्दा कपमा नेपालको शानदार सुरुआत, किर्गिस्तान ८-२ ले पराजित

  • 3.6K
    SHARES
  • काठमाडौं । सावित्रा भण्डारीले ४ गोल गरेपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले नाडेज्दा कपमा शानदार सुरुआत गरेको छ । घरेलु टोली किर्गिस्तानलाई ८-२ को गोलअन्तरले पराजित गर्दै नेपालले शानदार सुरुआत गरेको हो । नेपालको जितमा साबित्रा भण्डारी भण्डारीले ४ र अनिता बस्नेतले २ गोल गर्दा कप्तान निरु थापा र दिपा राइले एक-एक गोल गरे । काराकोलस्थित सेन्ट्रल स्टेडियममा पहिलो हाफमा ६ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थपेको हो । ३० औं मिनेटमा ह्याट्रिक गरेकी नेपालकी सावित्रा भण्डारीले दोस्रो हाफमा १ गोल थप्दा अर्को गोल अनिताले गरेकी हुन् । यसअघि उनले खेल सुरू भएको चौथौं मिनेटमा नै टोलीलाई अग्रता दिलाएकी थिइन् । १५ औं मिनेटमा दोस्रो तथा ३० औं मिनेटमा ह्याटिक गरेकी साबित्राले ५४ औं मिनेटमा टोलीका लागि सातौं तथा ब्यक्तिगत चौथो गोल गरीन् । त्यसअघि दिपा राइले २५ औं मिनेटमा गोल गरेकी थिइन् । अनिताले ३४ औं मिनेटमा गोल गर्दा कप्तान निरुले ३७ औं मिनेटमा गोल गरेकी थिइन् । खेल सकिन एक मिनेट बाँकी रहँदा अनिताले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ८-२ को जित दिलाएकी हुन् । किर्गिस्तानले १९ औं मिनेट तथा २२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पारेपनि त्यसपछि सम्हालिन नसक्दा निरन्तर गोलको सिकार भयो । दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरे पनि किर्गिस्तानले गोल गर्न नसक्दा घरेलु मैदानमा फराकिलो हार ब्यहोरेको छ । २०७६ भाद्र २२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०७६ सोमवार - ०२:१५:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology