आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सबै भन्दा कम उमेरमा कप्तानि सम्हालेका रासिदले आफ्नो कप्तानीमा खेलेको पहिलो टेष्टमा नै अफगानिस्तानलाई जित दिलाए

सबै भन्दा कम उमेरमा कप्तानि सम्हालेका रासिदले आफ्नो कप्तानीमा खेलेको पहिलो टेष्टमा नै अफगानिस्तानलाई जित दिलाए

  • 6.4K
    SHARES
  • काठमाडौं । सबै भन्दा कम उमेरमा कप्तानि सम्हालेका रासिद खानले आफ्नो कप्तानीमा खेलेको पहिलो टेष्टमा नै अफगानिस्तानलाई जित दिलाएका छन् । कप्तान खानको उत्कृष्ट प्रदर्शनसँगै अफगानिस्तानले बंगलादेशलाई २२४ रनले हराएको हो । ३८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ६ विकेटको क्षतिमा बनाएको १३६ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको थियो । तर वर्षाले पटकपटक खेल रोकियो । वर्षा रोकिएपछि सुरु भएको खेलमा जाहिर खानले सकिब अल हसनको विकेट लिए । त्यसपछि रासिद खानले मेहदी हसन मिराज र तैजुल इस्लामलाई पभेलियनको बाटो देखाए । उनले दशौं विकेटका रुपमा शौम्य सरकारलाई आउट गरे । दोस्रो पारीमा मात्र उनले ६ विकेट लिए । यसअघि अफगानिस्तानले राहत शाहको शतकको मदतमा पहिलो पारीमा ३४३ रन बनाएको थियो । बंगलादेशलाई २०५ रनमा समेटेको उसले दोस्रो पारीमा २६० रन बनाएको थियो । २०७६ भाद्र २३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७६ मंगलवार - ०१:५८:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology