आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड मेस्सीले जिते

‘इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड मेस्सीले जिते

  • 3.9K
    SHARES
  • एजेन्सी । ‘इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका आधारमा प्रदान गर्ने यस अवार्ड मेस्सीले जितेका हुन् । मेस्सीले यस अवार्डको मनोनयनमा परेका युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो, लिभरपुलका भर्जिल भान डाइक र पीएसजीका केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन् । समर्थकले मेस्सीलाई सर्वाधिक मन पराए । गतवर्ष यस अवार्ड रोनाल्डोले जितेका थिए । मेस्सीले हालै मात्र युईएफए वर्ष खेलाडी फरवार्ड जितेका थिए । मेस्सी, भान डाइक र रोनाल्डो फिफा बर्ष खेलाडी अवार्डको पनि दौडमा छन् । २०७६ भदौ २४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७६ मंगलवार - २३:१३:१४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology