आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालद्वारा चाइनिज ताइपेई २-० पराजित, अन्जन बने नायक

नेपालद्वारा चाइनिज ताइपेई २-० पराजित, अन्जन बने नायक

  • 4.6K
    SHARES
  • काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेविरुद्ध शानदार जित हात पारेको छ । मंगलबार भएको खेलमा नेपालले ताइपेलाई उसकै घरेलु मैदानमा २-० गोल अन्तरले हराएको हो । ताइपे रंगशालामा भएको खेलमा नेपालको जितका लागि दुबै गोल अन्जन बिष्टले गरेका हुन्। उनले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। सुजल श्रेष्ठको फ्री–किकमा अन्जनले हेडिङ गर्दै गोल गरेका थिए। पाँच दिन अगाडि नेपाल, कुवेतसँग ७-० ले हार्दा विष्ट अधिकांश समय बेञ्चमा बसेका थिए । नेपालले पाँच गोल खाइसकेको अवस्थामा विमल घर्ती मगरको ठाउँमा उनी मैदान प्रवेश गरेका थिए । तर चाइनिज ताइपेईविरुद्ध उनी प्लेइङ ११ मा मात्र परेनन्, दुई गोल गरेर आफूलाई पुनः प्रमाणित गरेका छन् । विक्रम लामालाई बेञ्चमा राखेर उनलाई खेलाइएको थियो भने सुमन अर्याल र अजित भण्डारीको ठाउँमा रञ्जित धिमाल र दिनेश राजवंशीलाई खेलाइएको थियो । तीन खेलाडी परिर्वतन गरेपनि प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जस्तै १-४-५-१ को फम्यार्टमै खेलाएका थिए । नेपालले सुरुदेखि नैै आक्रमक खेल्यो । र, तेस्रो मिनेटमा नै घरेलु टोलाई स्तब्ध बनाउन सफल पनि भयो । लगातार राम्रो मुभ बनाएको नेपालले पहिलो हाफमा अग्रता कायमै राख्यो । चाइनिज ताइपेले केही राम्रो मुभ बनाएपनि गोल गर्न सकेन । खेलको ६४ औं मिनेटमा अञ्जन फेरि चम्किए । खेलमा थप गोल हुन सकेन र विश्वकप छनोटको दोस्रो चरणमा महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ । आजको जितसँगै नेपालले दुई खेलमा एक जित र एक हारसहित तीन अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित ताइपेई भने समान खेलमा जित विहिन हुँदै अंक तालिकाको पुछारमा छ। नेपालले आउँदो अक्टोबर १० तारिखमा अस्ट्रेलियासँग खेल्ने छ । २०७६ भदौ २४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २५, २०७६ बुधवार - ०४:१५:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology