आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बिहीबार किर्गिस्तानमा नेपाली महिला फुटबल टिम उपाधि जित्ने लक्ष्य सहित मैदानमा प्रवेश गर्ने

बिहीबार किर्गिस्तानमा नेपाली महिला फुटबल टिम उपाधि जित्ने लक्ष्य सहित मैदानमा प्रवेश गर्ने

  • 4.8K
    SHARES
  • काठमाण्डौ । बिहीबार किर्गिस्तानमा नेपाली महिला फुटबल टिम उपाधि जित्ने लक्ष्य सहित मैदानमा प्रवेश गर्ने भएको छ । किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगितामा अब नेपालले उपाधिका लागि उज्बेकिस्तानसँग खेल्नेछ । किर्गिस्तानको काराकोल मैदानमा हुने खेल नेपाली समयअनुसार पौने चार बजेबाट सुरु हुनेछ । पहिलो पटक मध्य पूर्वमा फुटबल प्रतियोगिता खेल्न गएको नेपाली टिम फाइनलमै पुगेको हो । राम्रो अनुभव हुने अपेक्षा गरेका प्रशिक्षक हरि खड्काले जानुअघि यो प्रतियोगिताको उपाधि जित्नेभन्दा पनि राम्रो अनुभवका लागि यो प्रतियोगिता लिएको बताएका थिए । तर नेपाली महिला फुटबल टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भयो । नेपाल पहिलो खेलमा घरेलु टिम किर्गीस्तानसँग ८–२ गोलले विजयी हुँदा दोस्रो खेलमा भने नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो। समूहको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई १–० ले हराएको थियो । नेपालले तीन खेलमा ६ अंक बनाउँदै फाइनलमा पुगेको हो भने उज्बेकिस्तानले नौ अंक बनाएको थियो । दक्षिण एसियाली खेलकुद सागको तयारीका रुपमा रहेको नेपाली महिला टिमले यदि यो उपाधि जितेमा इतिहास बनाउनेछ । नेपाली महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्नेछ । २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - ०५:०८:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology