शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल फाउण्डेशनद्धारा प्रेम सागर फाउण्डेशनको जनभोजन कार्यक्रमलाई २५ हजार नगद सहयोग

नेपाल फाउण्डेशनद्धारा प्रेम सागर फाउण्डेशनको जनभोजन कार्यक्रमलाई २५ हजार नगद सहयोग

  • 6.2K
    SHARES
  • शिवराज आचार्य धार्के । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालीत जनभोजन कार्यक्रमलाई पाठशाला नेपाल फाउण्डेशनले २५ हजार नगद सहयोग गरेको छ । प्रेम सागरको जनभोजन कार्यक्रमको कार्यालय तसर्पू दामेचौरमा आज एक कार्यक्रमको विच पाठशाला नेपाल फाउण्डेशनका कोडिनेटर विष्णु लम्सालले थाक्रे गाउँपालिका कार्यापालिका सदस्य रजनी लामालाई नगद रु २५ हजार हस्तान्तरण गरिएको छ । प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालित जनभोजन कार्यक्रमले दैनिक ३ सय ७५ जना बालबालीका बृद्ध आमा बुबाहरुलाई बिहानको खाना खुवाउँदै आएको छ भने धादिङ र मकवानपुरका बिभिन्न विद्यालयका १ हजार ७ सय भन्दा बढी बिद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गदै आएको व्यवस्थापक भोला राउतले बताए । जनभोजन कार्यक्रममका लागी दैनिक खाना ब्यबस्थापन खर्च २५ हजार लाग्ने गरेको छ । त्यसैअनुरुप पाठशाला नेपाल फाउण्डेशन एक दिन बराबरको खानाको ब्यबस्थापन खर्च उपलब्ध गराएको फाउण्डेशन जनाएको छ । आज भएको कार्यक्रममा आर्दश माध्यमिक विद्यालय , महाकाली माध्यमिक विद्यालय ,लिति महाँकाल माध्यमिक विद्यालय र बागेश्वर माध्यमिक विदालयका शिक्षक विद्यार्थीको सहचागीता रहेको थियो । जनभोजन कार्यक्रम ब्यबस्थापनको लागी बिभिन्न ब्यक्तिहरुले जन्म दिन, बिबाह उत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । २०७६ असोज ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७६ शनिवार - ००:४२:२३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology