शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हाईवे बचत तथा ऋण सहकारी सँस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

हाईवे बचत तथा ऋण सहकारी सँस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

  • 8.0K
    SHARES
  • धार्के । धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बैरेनीमा हाईवे बचत तथा ऋण सहकारी सँस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । हाईवे बचत तथा ऋण सहकारी सँस्थाले साबिकको बैरेनी, कल्लेरी, भुमेस्थान, थाक्रे र नौबिसे गाबिसका वडाहरुमा काम गर्दै आईरहेको छ । यस सँस्थामा २५ सय ३८ जना भन्दा बढी शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा बोल्दै बिशेष अतिथीका रुपमा रहनुभएका हाईवे बचतका पुर्ब अध्यक्ष तथा जिल्ला सहकारी सँघ धादिङका अध्यक्ष नेत्र पौड्यालले सुरुका दिनमा थोरै ब्यक्ति र सानो पुँजीले सुरुवात गरिएको यस हाईवे बचत तथा ऋण सहकारी सँस्थामा अहिले करोडौ रुपैयाँको कारोबार गरिरहँदा यसलाई उपलब्धिको रुपमा हेर्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला समन्वय समीतीका अध्यक्ष जगन्नाथ नेपालले बजार, औद्योगीक क्षेत्र, कृषि क्षेत्र लगायतका क्षेत्रमा सहकारीले सहुलियत ऋण दिनु पर्ने बताउनुभयो । सहकारीले नागरिक सँग सिधा काम गर्ने भएकाले किसानको मन जित्नु पर्ने बताए । २०७६ असोज ०४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७६ आइतवार - ०५:५७:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology