लक्ष्मी भुजेल
केवलपुर । महिला साना किसान कृषी सहकारी सँस्था केवलपुरको १७ औँ साधारण सभा सम्पन्न भएको छ । थाक्रे गाउँपालिका ९ केवलपुर पण्डितपौवामा भएको सहकारीको साधारण सभा मार्फत आर्थिक वर्ष २०७६/०७६ को वार्षिक प्रगती प्रतिवेदन, लेखा प्रतिवेदन प्रस्तुत भएको हो ।
१ हजार ४६ जना सेयर सदस्य रहेको सहकारीमा १ करोड १६ लाख ९८ हजार चार सय रुपैँया सेयर रकम रहेको छ । गत आर्थिक वर्षमा १ करोड ९५ लाख रुपैँया आम्दानी भएकोमा १ करोड ३४ लाख खर्च भएको र नाफा ६२ लाख ८५ हजार भएको लेखा समिती सँयोजक रिता भुजेलले बताउनुभयो ।

साधारण सभाले यस चालु आर्थिक वर्षमा स्थानिय स्तरमा छरिएर रहेको पुँजीलाई एकिकृत गरि परिचालन गर्ने, मासिक न्युनतम बचत बढाउने, उन्नत जातका पशुपालनका लागि प्रोत्साहन गर्ने रकम ब्याजको व्यवस्था गर्ने लगायतका योजना अघि सारेको छ ।
सहकारीका अध्यक्ष अप्सरा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतित्थ्यता, उपाध्यक्ष अम्बिका रुपाखेतीको विशेष आतित्थ्यता र विभिन्न सँघ सँस्थाका प्रतिनिधी लगायतको आतित्थ्यता रहेको थियो ।
२०७६ असोज ०४ गते प्रकाशित