शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तसर्पूमा रहेको जनभोजन कार्यक्रम लाई भक्तपुर निर्माण व्यवसायी सघंको आर्थिक सहयोग

तसर्पूमा रहेको जनभोजन कार्यक्रम लाई भक्तपुर निर्माण व्यवसायी सघंको आर्थिक सहयोग

  • 4.1K
    SHARES
  • शिवराज आचार्य धार्के । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालीत जनभोजन कार्यक्रमलाई भक्तपुर जिल्ला निर्माण व्यवसायी सघंले ५० हजार आर्थिक सहयोग गरेको छ । प्रेम सागरको जनभोजन कार्यक्रमको कार्यालय तसर्पू दामेचौरमा एक कार्यक्रमको विच भक्तपुर जिल्ला निर्माण व्यवसायी सघंका अभ्यक्ष निरन्जन भजगाईले जनभोजा कार्यक्रमका व्यवस्थापक भोला राउतलाई नगद ५० हजार हस्तान्तरण गर्नु भएको छ । प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालित जनभोजन कार्यक्रमले दैनिक ३ सय ७५ जना बालबालीका बृद्ध आमा बुबाहरुलाई बिहानको खाना खुवाउँदै आएको छ भने धादिङ र मकवानपुरका बिभिन्न विद्यालयका १ हजार ७ सय भन्दा बढी बिद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गदै आएको व्यवस्थापक राउतले बताए । जनभोजन कार्यक्रममका लागी दैनिक खाना र खाजा ब्यबस्थापन खर्च ५० हजार लाग्ने गरेको छ । त्यसैअनुरुप भक्तपुर जिल्ला निर्माण व्यवसायी सघंले एक दिनको व्यवस्थापन खर्च प्रदान गरिएको सूर्य विनायक नगरपालिकाका ईन्जिनियर जनक न्यौपानेले बताएका छन । एक दिन बराबरको खानाको ब्यबस्थापन खर्च उपलब्ध गराएको फाउण्डेशन जनाएको छ । आगामी दिनमा पनि यसै गरी सहयोग गर्दै जाने व्यवसायीहरुले बताएका छन । उनिहरुले आफ्नो सघंमा आबद्ध भएका सदस्यहरुको जन्म दिन जनभोजनमा आएर मनाउने बताएका छन । जनभोजन कार्यक्रम ब्यबस्थापनको लागी बिभिन्न ब्यक्तिहरुले जन्म दिन बिबाह उत्सवका अवसरमा सहयोग गर्दै आएका छन् ।
    २०७६ असोज ११ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - ०४:२१:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology